मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको इतिहास धरै नै लामो रहेको छ । वि.सं. २०४९ साल चैत्र मा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा सुरु भएको थियो त्यसताका प्राथमिक स्वास्थ्य सेवा मात्र उपलब्ध हुन्थ्यो ।
सिमीत जनशक्ती र सिमित श्रोत साधनको कारण यहाँका जनताले उचित र व्यवस्थित उपचार सेवा पाउन भने सकेका थिएनन् । आ.व. २०७२/७३ मा १५ शैया सहितको मंगलबारे अस्पतालको रुपमा स्तरोन्नती भइ उर्लाबारी नगपालिका मातहतमा संचालन भयो र विषेषज्ञ सहितको १५ बेड क्षामतामा संचालन हुन थाल्यो ।
पुर्वी मोरङ कै एकमात्र ठूलो अस्पतालको रुपमा परिचीत मंगलबारे अस्पताल लाई प्रदेश नं. १ सरकारले प्रदेशको गौरवको आयोजनाकोरुमा ५० शैयाको अस्पताल सहित ट्रमा सेन्टरको रुपमा स्तरोन्नती गर्ने योजना बनाई २०७७ श्रावण देखी कार्यान्वयनमा ल्याएको हो ।
स्वास्थ्य सेवालाई मानव अधिकारको अति महत्वपूर्ण अंगको रुपमा विकास गर्दै लैजान, हालको नेपालको संविधानले स्वास्थ्य सेवा प्राप्त गर्नु जनताको मौलिक हकको रुपमा अंगिकार गरेको छ । नेपाल स्वास्थ्य सेवा ऐन २०५३, नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ मा रहेको ब्यवस्था अनुरुप स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिले स्तरीय सेवा प्रदान गर्ने उद्देश्य नेपाल सरकारले लिएको छ ।