कोशी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
उर्लाबारी-३, मङ्गलबारे, मोरङ, कोशी प्रदेश, नेपाल

बालबालिकालाई निमोनियाबाट कसरी जोगाउने ? -डा. राजभण्डारी

निमोनिया विश्वमा वयस्क र बालबालिकाका लागि सबैभन्दा बढी घातक संक्रमण मानिन्छ। ग्लोबल बर्डेन अफ डिजिजको तथ्यांकअनुसार सन् २०२१ मा यसका कारण २२ लाख मानिसको मृत्यु भएको अनुमान गरिएको छ, जसमा ५ लाख २ हजार बालबालिका छन्। यसबाहेक कोभिड–१९ का कारण १ करोड मानिसको मृत्यु भएको थियो।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार ५ वर्षमुनिका बालबालिकाको मृत्युमा १४ प्रतिशत कारक निमोनिया रहने गरेको छ भने समग्र मृत्युको २२ प्रतिशतमा निमोनिया कारक रहने गरेको छ। सन् २०१९ मा मात्र ७ लाख ४० हजार १ सय ८० बालबालिकाको मृत्यु निमोनियाबाट भएको डब्लुएचओको तथ्यांक छ। निमोनियाबाट अधिकांश मृत्यु दक्षिण एशिया र उप सहारा अफ्रिकामा हुने गरेको छ। 

नेपालमा पनि बाल मृत्युको प्रमुख कारण निमोनिया मानिन्छ। नेपालमा निमोनियाबाट हुने ५ वर्षमुनिका बालबालिकाको मृत्यु सन् २०१४ सम्म १३ प्रतिशत रहे पनि २०१५ देखि सरकारले निमोनियाविरुद्धको खोप निःशुल्क सुरु गरेयता निमोनियाबाट हुने मृत्यु दर घट्दै गएको छ।

निमोनिया भाइरस तथा ब्याक्टेरियाबाट हुने गर्छ। तर, निमोनिया खोप, आवश्यक पोषण र वातावरणीय कारक तत्वको सम्बोधनबाट रोकथाम हुने गर्छ। ब्याक्टेरियाबाट हुने निमोनियाको उपचार एन्टीबायोटिकबाट गर्न सकिन्छ। 

कसरी हुन्छ निमोनिया? 
यो श्वासप्रश्वासजन्य संक्रमण हो, जसले फोक्सोमा असर गर्छ। फोक्सो एल्भीओली नामक स–साना थैलीबाट बनेका हुन्छन्, स्वस्थ व्यक्तिले श्वास फेर्दा ती थैलीमा हावा भरिन्छन्। तर, निमोनिया संक्रमण हुँदा बेलैमा उपचार भएन भने उक्त एल्भीओलीमा पानी या पिप भरिन थाल्छ, जसले गर्दा श्वास फेर्न कठिनाइ हुन थाल्छ।

निमोनिया मुख्यतयः भाइरल र ब्याक्टेरियल गरी दुई प्रकारको हुन्छ। त्यसमध्ये ब्याक्टेरियल निमोनियाका कारण अधिकांश बालबालिकामा स्ट्रेप्टोकोकस निमोनिया हुन्छ। अर्को दोस्रो–हेमोफिलस इन्फ्लुयन्जा टाइप बी हो। तेस्रो–रेस्पीरेटोरी सिन्सीटल भाइरसका कारण हुने निमोनिया हो। एचआइभी भएका बालबालिकामा भने निमोसाइटिस जिरोभेसी निमोनिया हुने प्रमुख कारक हो।

लक्षण
तारन्तार खोकी लाग्ने, चाँडो–चाँडो श्वास फेर्ने, कोखा हान्ने (श्वास फेर्दा छाती र करङको भाग धस्सिने), पेट दुख्ने, वाकवाकी लाग्ने, श्वास फेर्दा गा¥हो हुनेजस्ता लक्षण देखिन्छन्। यदि श्वास फेर्न गा¥हो भएको छ, अक्सिजन लेभल घटेको छ, उच्च ज्वरो निरन्तर आइरहेको छ भने तत्काल अस्पताल लैजानुपर्छ। समयमै उपचार नगरेको अवस्थामा निमोनियाले ज्यान नै जोखिममा पार्न सक्छ।

बालबालिकालाई जन्मजात निमोनिया हुन्छ? 
कुनै पनि बालबालिकालाई जन्मजात निमोनिया हुँदैन। तर, सेप्सिस भएको अथवा धेरै अंगले काम गर्न नसक्ने र धेरै आइसीयूमा राखेकोजस्ता अवस्थामा निमोनिया हुने सम्भावना हुन्छ। यसलाई सरुवा रोग पनि भन्न मिल्दैन। तर, भाइरसहरुले गर्दा भने यो सर्न सक्छ। त्यसैले निमोनिया भएको मानिसको खकार तथा थुक जहाँ पायो, त्यही थुक्नुहुन्न।

कस्ता बालबालिका निमोनियाको जोखिममा हुन्छन्?
विशेषगरी स्तनपान नगराएका र कुपोषण या अल्पपोषणका कारणबाट प्रतिरोधी प्रणाली कमजोर भएका बालबालिका निमोनियाको जोखिममा हुन्छन्। यस्तै, वातावरणीय कारणहरु, खाना पकाउँदा र दाउरा तथा जैविक इन्धन प्रयोग गर्दा, भीडमा बस्दा या अभिभावकले गर्ने धूमपानका कारण पनि बालबालिकालाई निमोनियाको जोखिम हुन्छ। यस्तै, सधैं एसीमै बस्ने बालबालिकालाई पनि निमोनिया हुने सम्भावना हुन्छ। त्यसकारण कोठामा स्वच्छ हावा आवतजावत हुने खालको वातावरण तयार पार्नुपर्छ।

कसरी गर्ने रोकथाम? 
चिसो मौसम सुरु भइसकेको छ। जाडोको समयमा बालबालिकालाई बाक्लो र धेरै कपडा लगाइदिने गरिन्छ। तर बाक्लो लुगा लगाउँदा पसिना आउँछ र उक्त पसिना शरीरमा नै सुक्ने हुन्छ। जसले बच्चालाई रुघा लाग्ने, चिसो हुने र निमोनियासमेत हुने हुन्छ। त्यसकारण बच्चालाई आवश्यकमात्रामा मात्र कपडा लगाइदिनुपर्छ। बेला बेलामा पसिना आए–नआएको हेरेर पुछिदिनुपर्छ।

यस्तै, चिसो मौसममा बालबालिका बिरामी हुन्छन् भनेर ननुहाउने गरिन्छ। नुहाइहाले पनि घाममा राखेर नुहाउने गरिन्छ। यो दुवै राम्रो होइन। ननुहाउँदा बालबालिका झन् बिरामी हुन्छन्। बेला–बेलामा नुहाइदिइरहनुपर्छ। घाममा राखेर नुहाउँदा पनि बाहिरी वातावरण र हावाका कारण बालबालिका बिरामी हुने सम्भावना झन् बढी हुन्छ। बरु यसको साटो मनतातो पानीमा बाथरुमभित्र लगेर नुहाउनुपर्छ। नुहाएपछि भने घाममा राख्न सकिन्छ। यस्तै, जन्मेको ६ महिनासम्म आमाको दूध खुवाउने, नियमित खोप लगाउने, सरसफाईमा ध्यान दिने र धूमपान नगर्ने, घरभित्र धुँवा कम गर्ने र वातावरण स्वच्छ राख्ने गर्नाले पनि निमोनियाको जोखिमबाट जोगिन सकिन्छ।

(डा. राजभण्डारी नर्भिक अस्पतालका सिनियर कन्सल्ट्यान्ट पेडियाट्रिसियन हुन्।) 

श्रोतः  https://swasthyakhabar.com/story/58297

आकस्मिक (Emergency)

आकस्मिक सेवा अस्पतालको अति महत्वपूर्ण सेवा हो । यस अस्पतालमा आकस्मिक उपचार सेवा अलग्गै भवनमा संचालित छ । भवन धेरै पहिले निर्माण भई संचालनमा आएकाले

ओ.पी.डी. (Out Patient)

यस अस्पतालमा बाहिरङ्ग सेवा बिहान 8 बजे देखि दैनिक रुपमा संञ्चालन हुन्छ । विहान ७ बजे देखी टो पुर्जा काटीन्छ  र ११ बजे बन्द हुन्छ

प्रयोगशाला (Laboratory)

प्रयोगशाला शाखा अस्पतालको छुटै भवनमा संञ्चालित छ । यस शाखाबाट २४ घण्टा सेवा प्रदान गरिन्छ । बिरामीलाई छिटो छरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन अटोमेटेड

अन्तरंग (Inpatient)

यस अस्पतालको ठूलो भवनमा ५० बेडको अन्तरंग सेवा संचालन भइरहेको छ । सोही भवनको भु्इँ तलामा डेन्टल सेवा, ए.आर.भी सेवा, इ.सी.जी, बीमा शाखा, अपरेसन थिएटर,

Pharmacy

फार्मेसी (Pharmacy)

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s,

Share:

Send Us A Message

Scroll to Top