कोशी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
उर्लाबारी-३, मङ्गलबारे, मोरङ, कोशी प्रदेश, नेपाल

ओ.पी.डी. (Out Patient)

यस अस्पतालमा बाहिरङ्ग सेवा बिहान 8 बजे देखि दैनिक रुपमा संञ्चालन हुन्छ । विहान ७ बजे देखी टो पुर्जा काटीन्छ  र ११ बजे बन्द हुन्छ । अस्पतालमा दैनिक संञ्चालन हुने ओ.पि.डी.मा जेनेरल मेडिसिन, प्रसुति तथा स्त्रीरोग र हाडजोर्नीका बिरामी धेरै हुने गर्दछन् । यस अस्पतालमा हरेक दिन ओ.पि.डी.मा बिरामीहरुको चाप धेरै हुने गर्दछ । हाल बाहिरङ्ग सेवामा दैनिक औसत ४०० जना बिरामीहरुले सेवा पाईरहेको देखिन्छ । यस अस्पतालमा नेपाल सरकारको स्वास्थ्य वीमा कार्यक्रम लागू भएकाले दैनिकजसो ओ.पि.डि.मा आउने मध्ये ९० प्रतिशत वीमित बिरामीहरुले सेवा पाइरहेको पाइन्छ । ओ.पि.डी मा बिरामी तथा डाक्टरहरुको लागि भर्खरै थप कोठा तथा भौतिक सुबिधाको व्यवस्था मिलाइको छ । जनताको स्वास्थ्यलाई ध्यानमा राखी COVID माहामारीको समयमा पनि बाहिरङ्ग सेवा निरन्तर संचालनमा रह्यो ।
हाल यस अस्पतालमा होमियोप्याथिक सेवा पनि सञ्चालित छ । त्यस्तै जेष्ठ नागरिकहरुको सुविधाको लागी geriatric ओ.पि.डि.को व्यवस्था गरिएको छ । त्यस्तै  जेनेरल मेडिसिन ओ.पि.डि, फिजिसियन डाक्टर सहितको इन्टरनल मेडिसिन, अर्थोपेडिक सर्जन सहतिको २ वटा ओ.पि.डि, जनरल सर्जन सहितको सर्जरी ओ.पि.डि., बालरोग विषेशज्ञ सहितको पेडियाट्रिक ओ.पि.डि. र महिला तथा प्रसुती रोग विषेशज्ञ सहितको गाइने ओ.पि.डि. सञ्चालित छन् । त्यस्तै नाक कान घाँटी रोग विशेषज्ञ सहित ENT OPD पनि संचालनमा रहेको छ ।

आकस्मिक (Emergency)

आकस्मिक सेवा अस्पतालको अति महत्वपूर्ण सेवा हो । यस अस्पतालमा आकस्मिक उपचार सेवा अलग्गै भवनमा संचालित छ । भवन धेरै पहिले निर्माण भई संचालनमा आएकाले

प्रयोगशाला (Laboratory)

प्रयोगशाला शाखा अस्पतालको छुटै भवनमा संञ्चालित छ । यस शाखाबाट २४ घण्टा सेवा प्रदान गरिन्छ । बिरामीलाई छिटो छरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन अटोमेटेड

अन्तरंग (Inpatient)

यस अस्पतालको ठूलो भवनमा ५० बेडको अन्तरंग सेवा संचालन भइरहेको छ । सोही भवनको भु्इँ तलामा डेन्टल सेवा, ए.आर.भी सेवा, इ.सी.जी, बीमा शाखा, अपरेसन थिएटर,

Radiology/Radiography

रेडियोलोजी/रेडियोग्राफी (Radiology/Radiography)

यस अस्पतालको रेडियोलोजी तथा रेडियोग्राफी विभाग आधुनिक प्रविधियुक्त उपकरणहरूद्वारा सुसज्जित छ, जसले रोगको सटीक पहिचान र प्रभावकारी उपचारमा महत्वपूर्ण भूमिका खेल्दछ। अनुभवी विशेषज्ञहरूको टोलीले सुरक्षित,

Pharmacy

फार्मेसी (Pharmacy)

यस अस्पताल परिसरमै सञ्चालित फार्मेसीले बिरामी तथा सेवाग्राहीहरूलाई गुणस्तरीय औषधीहरू सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सेवा प्रदान गर्दै आएको छ। यहाँ स्वास्थ्य विमा योजनाअन्तर्गतका औषधीहरूदेखि

Physiotherapy

फिजियोथेरापी (Physiotherapy)

हाम्रो फिजियोथेरापी विभागले चोटपटक, अपाङ्गता, तथा दीर्घकालीन पीडाबाट मुक्त हुन सहयोग पुर्‍याउँछ। अनुभवी फिजियोथेरापिस्टहरूको टोलीले व्यक्तिगत आवश्यकता अनुसार उपचार योजना तयार गरी बिरामीलाई पुनः सक्रिय

Share:

Send Us A Message

Scroll to Top