यस अस्पतालको ठूलो भवनमा ५० बेडको अन्तरंग सेवा संचालन भइरहेको छ । सोही भवनको भु्इँ तलामा डेन्टल सेवा, ए.आर.भी सेवा, इ.सी.जी, बीमा शाखा, अपरेसन थिएटर, गाइने ओपीडी र एम.सी.एच समेत संचालित छ ।
अन्तरङ्ग सेवा दिनको लागि यस अस्पतालमा हाल ४० ओटा बिरामी बेड संञ्चालनमा छन । अस्पतालको दरबन्दी अनुसारको बिशेषज्ञ चिकित्सक उपलब्ध नहुनु र आवश्यक भवन को अभावको कारण ५० बेड पुर्ण क्षामतामा सञ्चालन हुन सकेको छैन । ट्रमा सेन्टरको रुपमा स्तरोन्नती र सञ्चालन गर्ने भनेर संघीय सरकार र कोशी प्रदेश सरकारको प्राथमिकतामा राखेको भएता पनि ट्रमा सेन्टरमा हुनुपर्ने आधारभुत सुविधाहरुको व्यवस्थापन भई नसकेकोले हाल सामान्य रुपमा मात्र सञ्चालन भइरहेको छ ।
अन्तरङ्ग सेवा अन्तर्गत प्रसुति वार्ड, पेडियाट्रीक वार्ड, मेडिसिन वार्ड र हाडजोर्नी तथा सर्जरी वार्ड सञ्चालनमा रहेका छन् । त्यस्तै critical care unit अन्तर्गत ६ बेडको HDU , ५ बेडको ICU र २ बेडको SNCU को संरचाना तयारी अवस्थामा रहेको र छिटैनै सञ्चालनमा ल्याउने योजना रहेको छ ।
आकस्मिक (Emergency)
आकस्मिक सेवा अस्पतालको अति महत्वपूर्ण सेवा हो । यस अस्पतालमा आकस्मिक उपचार सेवा अलग्गै भवनमा संचालित छ । भवन धेरै पहिले निर्माण भई संचालनमा आएकाले